सहकार्यको सर्वमान्य सिद्धान्तद्वारा समाजमा रहेको साना ठुला व्यक्तिहरुलाई समान अवसरहरु प्रदान गर्नका साथै सहकारीमा आवद्ध हुने सम्पूर्ण सदस्यहरुलाई आर्थिक, सामिजिक, औद्योगिक, व्यापारिक एवं रोजगारीमूलक क्षेत्रहरुमा अग्रसर गराउने उद्देश्यले प्रभु मनि ट्रान्सफरमा विगत लामो समयदेखि कार्यरत तथा विशेष अनुभवी, दक्ष एवं विज्ञ व्यक्तिहरुबाट प्रभधित यस प्रभु को अपरेटिभ सर्भिस लिमिटेडको स्थापना सहकारी ऐन २०४८ अन्तर्गत गरिएको हो । आफ्नो स्थापनादेखि नै विविध बैंकिङ्ग सेवा सुविधा सम्पन्न यस सहकारीले ई बैंकिङ्ग जस्ता अत्याधुनिक सुविधा समेत आफ्ना सदस्यहरु माझ ल्याएको छ । जसबाट बचतकर्ताहरुले आफ्नो खातामा भएको रकम तथा सोमा प्राप्त ब्याजहरुको विवरण आफुले चाहेको बखत हेर्नुका साथै आवश्यकता अनुसार रकम अन्य खातामा पनि सजिलै ट्रान्सफर गर्नसक्ने छन् । संस्थामा आवद्ध सदस्यहरुलाई सरल एवं सहज ढंगबाट कर्जा उपलब्ध गराउनु यस संस्थाको अर्को विशेषता रहेको छ । बैदेशिक रोजगारीमा जाने र गएकाहरुको अथक मेहनत तथा परिश्रमबाट कमाइएको रकमलाई उत्पादनशील क्षेत्रमा लगानीका लागि प्रेरित गर्नुका साथै सुन्दर भविष्यका लागि बचत गर्ने धारणामा अभिबृद्धि गर्न यो संस्था सदा तत्पर रहने छ । नेपाल सरकारद्वारा हालै सार्वजनिक ३ खम्वे आर्थिक नीतीअन्तर्गत सहकारी पनि एक भएकोले संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुको उन्नति, प्रगति एवं समृद्धिका लागि संगसंगै अघि बढौं अर्थात WIN - WIN THEORY लाई आत्मसात गर्दै आपसी भाइचाराको अभिवृद्धिमा समेत यस संस्थाले जोड दिनेछ । विश्वसनियता, इमान्दारीता तथा सहकार्यलाई सदा आफ्नो मूलमन्त्र बनाई र सो का प्राप्तीका लागि हरसम्भव प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गर्दै संस्थामा आवद्ध सदस्यहरुलाई नेपालको बैंकिङ्ग क्षेत्रमा उपलब्ध सम्पूर्ण सेवा तथा सुविधाहरु समय सापेक्ष रुपमा प्रदान गर्नका लागि यो सहकारी सदा समर्पित रहने छ ।
